चितवनबाट रविलाई पोखरा सार्ने क्रममा राज्यले अमानवीय व्यवहार गरेको छैन, गलत प्रचार गर्ने खोजीयोः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १४:०३ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– गृहमन्त्री रमेश लेखकले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको बताएका छन ।

गएको २ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपा लगायतका प्रपिपक्षी दल हरुले लगाउँदै आएका छन ।

आज (आइतबार) चितवनमा पत्रकारको जवाफमा गृहमन्त्री लेखकले लामिछानेमाथि सरकारले प्रतिशोधको व्यवहार नगरेको बताएका हुन । उनले रास्वपा सभापति लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको दाबी गरे । गृहमन्त्री लेखकले भने, ‘अनुसन्धान कानुनभन्दा बाहिर गए भइराखेको छैन ।

अदालतबाट प्रहरीले म्याद मागेको छ । अदालतले कानुन बमोजिम म्याद दिएको छ ।’ मन्त्री लेखकले कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने बताएका छन ।

चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको पनि उनले बताएका छन । सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी गर्दै लेखकले भने, ‘प्रत्येक नागरिकको मानवधिकारप्रति सरकार सचेत छ । चाहे थुनवामा रहेको मानिस होस् । चाहे कारागार, हिरासतमा रहेको होस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us