बुटवलबाट काठमाण्डु आउँदै गरेको बस गल्छीमा दुर्घटना

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते २०:३५ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर- बुटवलबाट काठमाण्डु आउँदै गरेको यात्रु बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा दुर्घटना भएको छ ।

लु२ख ६६७६ नम्बरको बस गल्छी गाउँपालिका ६ सुत्केरी ढुंगामा दुर्घटना भएको प्रहरीले जनाएको छ । २४ जना सवार बस अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

सिलवालका अनुसार घाइते हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका-३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका-१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका-७ का ३१ वर्षीय सुकराम कार्की, सोही ठाउँका ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका-१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका-१ का ४२ वर्षीय राजनकुमार दास छन् ।

घाइते सबैलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । यसैबीच प्रहरीले बसचालक रूपन्देही सैनामैना नगरपालिका९९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us