वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय मन्जित चित्रकार रहेको प्रहरीले जानकारी दिएको छ ।

चित्रकारले युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्क विहीन भएका उनलाई शुक्रबार काठमाण्डु महानगरपालिका १२ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि थप अनुसन्धानको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us