कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– काठमाण्डुको कागेश्वरी मनोहरा–८मा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् । आज शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाण्डु जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

उनी बा ३५ प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी एसपी अधिकारीले जानकारी दिएका छन । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् ।

घाइते भएकी उनलाई प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us