काठमाण्डु, २९ मंसिर– तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखा परेको थियो ।
बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले जानकारी दिएका छन ।
एउटा चितुवा तत्कालै भागे पनि अर्को चितुवा धेरै बेरसम्म एकैठाउँमा बसेपछि स्थानीयवासीमा त्रास समेत उत्पन्न भएको थियो । वडा अध्यक्ष केसीले भने, ‘बजार क्षेत्रमै चितुवाको त्रास बढेको छ ।
चितुवालाई नियन्त्रणका लागि पासो राखिएको छ । झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको वडाध्यक्ष केसीले जानकारी दिए ।