काठमाण्डु, २८ मंसिर– प्रहरीले आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई हिजो बिहिबार काठमाण्डुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।