काठमाण्डु, २८ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी छ । स्थायी समितिको बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिएका छन ।
बैठकमा पार्टीको भावी कार्य योजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनबारे छलफल भइरहेको प्रवक्ता एवं उपाध्यक्ष जगनाथ खतिवडाले जानकारी दिएका छन ।
दशौं महाधिवेशन गत असारमा गरेको एकीकृत समाजवादीमा अहिलेसम्म कार्यविभाजन हुन सकेको छैन । प्रमुख विभागहरुमा दावेदार नेताहरुबीच कुरा नमिल्दा कार्य विभाजन हुन सकेको छैन ।