नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र होः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने दाबी गरेका छन ।

आज (शुक्रबार) काठमाण्डुमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने पनि बताएका छन ।

उनले यस्ता सम्मेलनले नेपाल र चीनबिचका मात्रै नभई अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबिचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले एसियाका ज्योतिको रूपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास समेत व्यक्त गरेका छन ।

उनले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताएका छन । प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताए । उनले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने पनि बताएका छन । प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us