धनकुटाबाट दुई थान भरूवा बन्दुक बरामद

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– प्रहरीले धनकुटामा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ गढी जंगलबाट बिहीबार राति प्रहरीले २ थान भरूवा बन्दुक बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको पनि पनि धनकुटा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us