काठमाण्डु, २८ मंसिर– चितवनमा ट्रक र बोलेरो एक आपसमा ठक्कर खाँदा एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा बलेरोमा सवार हाल वतन नखुलेका ३५ वर्षीय भिम कटुवाल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित सडकमा बा.प्र.०३–००१ ख २५२४ नम्बरको ट्रक र बा.प्र.०१–०१३ च ०११३ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा कटुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।