गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा पुर्याइएको छ ।

भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएको पाइएपछि उनी हरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

गोरखा घर भएका ३६ वर्षीय सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय भट्टराईलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

आरोपीहरूले २०८१ भदौ २८ मा झापा बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी स्टेटको कम्पाउन्डमा कुकर बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको छ । उनीहरूमाथि ९ दिन म्याद मिलान गरेर अनुसन्धान थालिएको डीएसपी चन्दले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us