सहकारी ठगी प्रकरणः पूर्वडीआईजी जोशी अस्पताल भर्ना

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना गरीएको छ । हिजो बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन ।

जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको उनले जानकारी दिएका छन । बिहीबार स्वास्थय जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us