काठमाण्डु, २७ मंसिर– विवादस्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहिबार पुनः पक्राउ गरेको छ ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी जिल्ला अदालत काठमाण्डु परिसरबाटै पक्राउ गरेका हुन् ।
उनी पक्राउ परेपछि प्रसाईंका समर्थकले अदालत परिसरमा सरकारविरुद्ध विरोध प्रर्दशन गरेका छन ।