विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघ्यो

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– मुलुकमा विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब भन्दा बढी पुगेको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्म २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ ।

चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ विदेशी सञ्चित रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको छ ।

हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us