काठमाण्डु, २७ मंसिर– जाजरकोटमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । जारकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको ग–३च ९४४५ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटना हुँदा– ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोका रहेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिएका छन ।
साथै दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।