काठमाण्डु, २७ मंसिर– विवादस्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्, ‘ती प्रमाण मैले बनाएको कागजात, भिडिया तथा फोटोहरू होइन ।’
ओलीले कम्बोडिया स्थित स्मार्ट आजियटा कम्पनीमा लगानी गरेको भन्ने कागजात र फोटोहरू कम्बोडियामा बस्ने एकजना नेपालीले आफूलाई पाठाएको उनले बताएका छन ।
कम्बोडियामा बस्ने नेपालीले पठाएको कागजात आफूले पत्रकार सम्मेलन गरेर सार्वजनिक मात्र गरेको प्रसाईँले बयानमा भनेका छन । उनीविरुद्ध जिल्ला अदालतमा काठमाण्डुमा दायर अभियोगपत्रमा उल्लेखित बयानमा प्रसाईँले भनेका छन्, ‘जनतालाई त्यसबारे प्रस्ट पार्न भनेर मिडियाका साथीहरूलाई बोलाएर प्रेशमिट गर्दा मैले पाएको फोटो र भिडियो देखाएको हुँ ।’