जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते ८:१४ मा प्रकाशित

जाजरकोट, २७ मंसिर– जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ग३च ९४४५ नम्बरको जिप नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेका बेला बुधबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रहरीका निरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us