पत्रकार महासंघ गोरखाको निर्वाचन प्रक्रिया स्थगित

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १९:१३ मा प्रकाशित

गोरखा, २६ मंसिर– नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन स्थगित भएको छ ।

महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयनका लागि २८ मंसिरमा निर्वाचन हुँदैछ । पूर्वनिर्धारित निर्वाचत कार्यतालिकाअनुसार बुधबार जिल्ला शाखाको मनोमयन हुनुपर्ने थियो ।

तर, सदस्यता विवादका कारण निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी जिल्ला शाखाका अध्यक्ष नरहरि सापकोटा र सचिव विकास मरहठ्ठाले विज्ञप्तिमार्फत गराएका छन् ।

जिल्लामा आवेदन नै नदिएका व्यक्तिको नाम मतदाता नामावलीमा प्रकाशित भएकाले प्रक्रिया स्थगित गर्नुपरेको उनीहरुले बताएका छन् ।

जिल्लामा प्राप्त मतदाता नामावली जिल्ला शाखाले गरेको सिफारिसविपरीत रहेको र संशोधनका लागि केन्द्रसँग औपचारिक रूपमा पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले निर्वाचन प्रक्रिया नै स्थगित गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

सदस्यता शुद्धीकरणबारे जिल्लाले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग उनीहरुको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us