दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– जिल्ला अदालत काठमाण्डुमा विवादास्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाण्डु जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकानरी दिएका छन ।

साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरीएको हो । सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा ९१० अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ ।

दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको श्रेस्तेदार शर्माले जानकारी दिएका छन । ४ मङ्सिरमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us