
काठमाण्डु, २६ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगीता अन्तर्गत आज बुधबार भएको खेलमा लुम्बिनी लायन्ससँग काठमाण्डु गुर्खाज १८ रनले पराजित भएको छ ।
काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ रोजेको काठमाण्डु गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाउन सफल भएको थियो । १०४ रनको लक्ष्य पाएको काठमाडौँ गुर्खाज ८५ रनमै सीमित हुँदा पाँचौँ पराजय व्यहोर्न बाध्य भएको हो ।
जारी प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी लायन्सले एक म्याचमा मात्र जित हासिल गरेको छ । लुम्बिनी लायन्सलाई लक्ष्यबाट टाढा राख्न काठमाण्डु गुर्खाजका लागि करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ विकेट लिन सफल भएका थिए ।
काठमाण्डु गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाउन सफल भएका थिए । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाउन सफल भएका थिए ।