काठमाण्डु, २६ मंसिर– प्रहरीले मोरङबाट स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेकी जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।
अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।