एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ । स्थायी कमिटीको बैठक केहिबेर अधिमात्रै पार्टी मुख्यालय आलोकनगरमा सुरु भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिएका छन ।

मुख्यालय आलोकनगरमा जारी बैठकमा आलोकनगरमा नेताहरुको कार्यविभाजनबारे छलफल भइरहेको छ । बैठकबारे जानकारी दिँदै महासचिव घनश्याम भुसालले भने ‘कार्य विभाजन अनि अरु विषयमा पनि छलफल हुँदैछ ।’

गत असारमा सम्पन्न दशैं महाधिवेशनपछि एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन हुन सकेको छैन । मुख्य विभागमै नेताहरुबीच कुरा नमिल्दा महाधिवेशन अगाडिकै जिम्मेवारीमा नेताहरु छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us