रास्वपा सभापति लामिछानेलाई पोखरा पुर्‍याइयो

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बुधबार) बाराबाट काठमाण्डु हुँदै पोखरा पुर्याइएको छ ।

बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाण्डु हुँदै कास्की पुर्‍याइएको हो । उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us