आफूले प्राथमिक शिक्षा लिएको विद्यालयको भवन उद्घाटन गर्न पुगे ओली

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १३:५४ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुममा पुगेका छन् । उनी आठराई गाउँपालिका– ४ मा नवनिर्मित प्रणामी माध्यमिक विद्यालय भवन उद्घाटन गर्न बुधवार तेह्रथुम पुगेका उनको सचिवालय स्रोतले जनानकारी दिएको छ ।

हिजो (मंगलबार) मात्रै झापाबाट काठमाण्डु फर्केका प्रधानमन्त्री ओली आज (बुधवार) पुन हेलिकोप्टरमार्फत तेह्रथुम पुगेका हुन् । तेह्रथुममा उनले प्रणामी माध्यमिक विद्यालय भवन उद्घाटन गरिसकेका छन् । उक्त विद्यालयबाट ओलीले प्राथमिक शिक्षा लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us