सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– गएराति भएको सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन भएको छ । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महरा मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको ।

उनले मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो ।

उपचारको क्रममा उनको निधन भएको हो । उनको निधनमा निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिएका छन् ।

‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us