काठमाण्डु, २६ मंसिर– गएराति रुकुमपूर्वको सिस्ने गाउँपालिका-६, खोपिचारमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
मृत्यु हुनेमा सिस्ने गाउँपालिका–६ कि १२ वर्षीया बिष्णु बुढा रहेकी रुकुमपूर्व प्रहरीले जानकाएको छ । लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
गएराति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर केसीली जानकारी दिएका छन ।
घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की रहेको उनले जानकारी दिएका छन ।
घाइते सबैलाई रात्री नै उद्रवार गरेर एकजनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको छ भने अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन् । प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ ।