काठमाण्डु, २६ मंसिर– आज (बुधबार) बझाङको रायाल केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको छ ।
आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।
यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।