तीनजना सवार मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते ८:४१ मा प्रकाशित

दाङ, २६ मंसिर– दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

लु.प्र–०२–००१प१७१७ नम्बरको तीनजना सवार मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–४ मा गत आइतबार दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका १८ वर्षीय सन्दीप वलीको नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यलय तुलसीपुरका निरीक्षक प्रकाश थापाका अनुसार मोटरसाइकल चालक १७ वर्षीय गणेश खड्काको तुलसीपुर सिटी असपतालमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा सवार १६ वर्षीय दीपेन्द्र वलीको तत्काल घटनास्थलमै मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us