काठमाण्डु, २५ मंसिर– शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक विद्यालयका मात्रै नभइ निजी विद्यालयका सञ्चालक पनि पार्टीको कार्यकर्ता रहेको दाबी गरेकी छन ।
आज (मंगलबार) काठमाण्डुमा भएको ‘विद्यालय शिक्षा विधेयक’माथिको अन्तरक्रियामा शिक्षामन्त्री भट्टराईले यस्तो बताएकी हुन । उनले निजी विद्यालयका सञ्चालकले राजनीति गर्दा कोही पनि बोल्ने नगरेको पनि बताएकी छन ।
शिक्षामन्त्री भट्टराईले भनिन्, ‘सार्वजनिकमा मात्र होइन निजीका सञ्चालक नै पार्टीको क्याडर हुनुहुन्छ । यो विषय किन उठ्दैन रु यो विषय बाहिर ल्याउन सक्दैनौं । सार्वजनिक विद्यालयको मात्र नकारात्मक प्रवाह भइरहेको छ ।’
उनले निजी विद्यालय शक्तिबाट निर्देशित भएको पनि बताएकी छन । उनले भनिन्, ‘सार्वजनिक विद्यालय शक्तिविहीन भए, जो राज्यबाट चलेका छन् । संस्थागत विद्यालय शक्तिबाट निर्देशित छन् । शक्तिशाली छन् ।’
उनले यी असमान विषय विद्यालय शिक्षा ऐनले टुंगो लगाउनुपर्ने उनको भनाइ थियो । ‘पैसा नभएका कारण कोही पनि शिक्षाबाट बञ्चित हुन पाँइदैन,’ उनले भनिन् ।