एमाले सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– सत्ता घटक दल एमालेको सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठक एमाले मुख्यालय च्यासलमा केहिबेर अधि मात्रै सुरु भएको एमालेका एक नेताले जानकारी दिएका छन ।

एमालेको आजको सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा, चीनसँगको बीआरआई सम्झौता तथा पार्टीका आन्तरिक कामकारवाहीबारे छलफल हुने ति नेताले जानकारी दिए ।

मंगलबार ४ बजे बस्ने भनिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाण्डु आउन ढिला भएपछि बैठक एक घण्टापछि अर्थात ५ बजेबाट सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us