सम्बन्ध बिग्रिएपछि प्रेमिकाको गोप्य तस्बिर र भिडियो आफन्तलाई पठाएको आरोपमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– प्रहरीले सम्बन्ध बिग्रिएपछि प्रेमिकाको गोप्य तस्बिर र भिडियो आफन्तलाई पठाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भइ हाल काठमाण्डुको गुर्जुधारा बस्दै आएका ३१ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आदानप्रदान भएका आफ्ना प्रेमिकाको तस्बिर र भिडियोहरू भण्डारीले आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोप लागेको छ ।

पक्राउ परेका भण्डारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डुबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us