चीनसँग मैले गरेकै समझदारीलाई फोटोकपी गरेर ओलीले प्रचार गरे: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन ।

आज मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको बताएका छन ।

उनले भने, ‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो । मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए ।

मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । ती सबै गतसाल गरिएका सहमति समझदारी हुन् ।’ ओलीले यो पटकको भ्रमणमा सिन्को पनि नभाँचेको प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us