दुबई भन्दै कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– प्रहरीलेदुबई भन्दै कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एक उच्च अधिकृतले जानकारी दिएका छन ।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याइएको थियो ।

कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिने गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us