कर्णाली याक्ससँ पोखरा १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबार भएको खेलमा कर्णाली याक्ससँग पोखरा एभेन्जर्स १०३ रनले पराजित भएको छ ।

आजको खेलमा कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ । काठमाण्डुको कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो । पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिन सफल भएका थिए ।

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एकरएक विकेट लिए । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०–१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सफल भएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us