रवि लामिछानेमाथि गरिएको व्यवहार खेदजनकः कांग्रेस सांसद सुनिल शर्मा

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– सत्ता रुढदल कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोध गरेका छन ।

सासंद शर्माले कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेमाथि व्यवहार भएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

उनले कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक भएको शर्माले फेसबुकमार्फत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछ, ‘अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सबैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको शृङ्खलाले सबैलाई सशङ्कित पारेको छ ।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि रविमाथि भएको व्यवहारको विरोध गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us