युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक छः सभामुख घिमिरे

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– आज मंगलबार संसद् सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरीएको छ ।

काठमाण्डुको भृकुटीमण्डपमामा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरीएको हो ।

१८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए ।

फुटसल खेलका क्रममा बोल्दै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरीएको सभामुख घिमिरेले बताए । उनले संसद् सेवा दिवसमा सांसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरी मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताए उनले प्रतियोगिताले संसद् समेत खेलप्रेमी र खेलकुद क्षेत्रका विकासमा सधैँ तत्पर रहने सन्देश जाने विश्वास समेत व्यक्त गरेका छन ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरूलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन । युवाहरूलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी भएको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us