काठमाण्डु, २५ मंसिर– प्रहरीले काठमाण्डुको टोखा नगरपालिका–१० गोंगबु गणेशस्थानबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
गोंगबु गणेशस्थानस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने गोरखा घर भएका ४० वर्षीय खड्गबहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।