काठमाण्डु, २४ मंसिर– इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान सुर गरीएको छ ।
सो अभियानालाई साथ दिन सोमबार देशका शीर्ष नेताहरु समेत रत्नपार्क क्षेत्रमा पुगेका छन ।
आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु रत्नपार्क पुगेर सो अभियानलाई समर्थन गर्दै हस्ताक्षर समेत गरेका छन ।
पछिल्ला दिन इजरायलले प्यालेष्टाइनमाथि आक्रमण गर्दा हज्जारौं प्यालेष्टाइनीले ज्यान गुमाइसकेका छन् ।