अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र एमाले उपमहासचिव रिमालबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुर प्रधानमन्त्री ओलीका मुख्य सल्लाकार समेत रहेका एमालेका उपमहासचिव विष्णु रिमालबीच भेटवार्ता भएको छ ।

सहायक विदेशमन्त्री लुर एमाले उपमहासचिव रिमालबीच आज (सोमबार) भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे चर्चा भएको एमाले उपमहासचिव रिमालले जानकारी दिएका छन ।

उपमहासचिव रिमालले भने, ‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भयो। नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो ।’

हिजो आइतबार नेपाल आएका लुले लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । लुले आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us