अपराध गर्ने जोसुकैलाई कानुनको दायराभित्र ल्याइन्छ: गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन ।

आज (सोमबार) सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने काम नगर्न निर्देशन दिँदै अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने पनि बताएका छन ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई उनले निर्देशन समेत दिएका छन ।

मन्त्री लेखकले अहिलेको सरकार केही मानिसहरूलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र बनेको नभई विशेष परिस्थितलाई सम्बोधन गर्न ठुला दुई दल एक ठाउँ उभिनुपरेको पनि बताएका छन ।

लेखकले अहिलेको संविधानलाई असफल गर्ने छुट कसैलाई नरहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us