मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– कैलालीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको रहेको कैलाली प्रहरीले जानकारी दिएको छ । साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us