काठमाण्डु, २४ मंसिर– इलाममा रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगू रहेका छन ।
जवेगूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए ।
जवेगुको शव बी एण्ड सी अस्पतालमा नै राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन ।