काठमाण्डु, २४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिद्छानेलाई आज सोमबार पर्सा लगिने भएको छ ।
पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाण्डु र काठमाण्डुबाट पर्सा लैजान लागिएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।
गत कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाण्डुमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।