‘भ्यु टावर’को उद्घाटन गर्दै प्रधानमन्त्रीले भनेः देश चलाउन सहकारी ठगेजस्तो सजिलो हुँदैन

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् ।

आज आइतबार झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ ।’उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इंगित गर्दै देश चलाउन सहाकरी ठगेजस्तो सहज नहुने पनि बताएका छन ।

ओलीले भने, सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us