‘भ्यु टावर’को उद्घाटन गर्दै प्रधानमन्त्रीले भनेः यहाँ आधुनिक शहर बनाइन्छ

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गरेका छन ।

आज आइतबार दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको पनि बताएका छन ।

साथै उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने अपेक्षा पनि गरेका छन । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण समेत उनले प्रस्तुत गरेका थिए ।

सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निमार्ण भएको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us