प्रधानमन्त्री ओलीले गरे दमकमा ‘भ्यु टावर’को उद्घाटन

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् ।

दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । यसअघि दमक भ्यु टावरका नामले चिनिएको उक्त कम्प्लेक्सलाई अहिले दमक व्यापारिक कम्प्लेक्स भन्न थालिएको छ ।

चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ । उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us