स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १५:५० मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेको बाजुरा प्रहरीले जानकारी दिएको छ ।

सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा भट्ट र पन्त मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएको पनि प्रहरीले जनाएका छ । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ । उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको बाजुरा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us