झापामा रास्वपा एक दर्जन कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– प्रहरीले झापामाबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो ।

करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन । केही समयपछि उनीहरूलाई छाडिने चन्दले जानकारी दिएका छन ।

अहिले जिल्ला प्रहरी कार्यालय झापामा झापा–४ का सभापति शम्भु सुस्केरालाई राखिएको छ । दमकको प्रहरी कार्यालयमा पनि १०ः १२ जनालाई नियन्त्रणमा लिएर राखिएको उनले बताए ।

आइतबार झापाको मेचीनगर इटा भटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओली दुई दिनका लागि आइतबार गृहजिल्ला झापा गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us