रवि लामिछानेविरुद्ध चार दिन म्याद थप

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १४:५० मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– सहकारी ठगी प्रकरणमा प्रकाउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका स्रोतले जानकारी दिएको छ । लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो ।

लामिछाने कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाण्डु र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us