चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १४:४० मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेपाल प्रिमियर लिग अन्तर्गत आज (आइतबार) भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।

चितवन राइनोजले हसन इसाखिलको अर्धशतक मदतमा सुदूरपश्चिम रोएल्सलाई १६५ रनको लक्ष्य दिन सफल भएको हो । काठमाण्डुको कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाउन सफल भएको हो । चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए ।

यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन बनाउन सफल भए । विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलो पटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए ।

अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १९१ विकेट लिन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us